कर्णाली


कर्णालीका जिल्लामा हिमपात (तस्बिरहरू)

कर्णालीका जिल्लामा हिमपात (तस्बिरहरू)

जुम्ला सदरमुकाम चन्दननाथ नगरपालपकामा भएको हिमपात। तस्बिरहरू: रमन न्यौपाने


दिनेश बुढा
माघ १०, २०८२ शनिबार ८:१६, सुर्खेत

कर्णाली प्रदेशका हिमाली जिल्लाहरूमा पनि यस हिउँदमा पहिलोपटक हिमपात भएको छ। 

गएरातिदेखि कर्णालीका हुम्ला, जुम्ला, मुगु, डोल्पा र कालिकोटमा हिमपात भएको हो। हिमपातका कारण अत्यधिक चिसो बढेपछि जनजीवन भने कष्टकर भएको छ। 

हुम्लाको सिमकोट, जुल्लाको चन्दननाथ, मुगुको पर्यटकीयस्थल राराताल र डोल्पाको शे(फोकशुण्डो क्षेत्र यतिबेला हिउँले ढाकिएको छ। 

कर्णाली र सुदूरपश्चिमका धेरै पहाडी र हिमाली जिल्लामा गएरातिदेखि हिमपात सुरु भएको जल तथा मौसम विभागले जनाएको छ। अहिले कर्णाली र सुदूपश्चिमको पहाडी भूभागको आकाश बादलले ढाकिरहेको छ।

हिमपात भएका क्षेत्रमा बाक्लो हिउँका कारण आवतजावतमा समस्या भएको स्थानीयले बताएका छन्। 

हिमपात हुँदा कोदो, चिनु, फापरलगायत हिउँदे बाली सप्रिने आशमा हिमाली जिल्लाका किसानहरू उत्साहित भएका छन्। 

अहिले हुम्लाको सिमिकोटमा तापक्रम माइनस १४ डिग्री सेल्सियसमा झरेको छ। 

यस्तै सुर्खेतको तापक्रम १० डिग्री सेल्सियस छ भने जुम्लामा माइनस २ डिग्री सेल्सियस छ।

गएको चार महिनादेखि वर्षा नहुँदा गहुँबालीलगायतका हिउँदे बाली सुक्दै गएका थिए। हिमपात र वर्षा भएपछि किसानहरू बाली सप्रिने आशमा छन्। 

हेर्नुहोस् हिमपातका थप तस्बिरहरू

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad