ग्लोबल


नेटो सेनाबारे ट्रम्पको टिप्पणी लज्जास्पद, माफी माग: किअर स्टार्मर

नेटो सेनाबारे ट्रम्पको टिप्पणी लज्जास्पद, माफी माग: किअर स्टार्मर

नेपालखबर
माघ १०, २०८२ शनिबार ८:३१, काठमाडौँ

बेलायतका प्रधानमन्त्री किअर स्टार्मरले अफगानिस्तानमा नेटो सेनाको भूमिकाबारे अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले गरेको टिप्पणीलाई लज्जास्पद भन्दै माफी माग्न आग्रह गरेका छन्।

ट्रम्पले बिहीबार एक अन्तर्वार्तामा भनेका थिए, ‘नेटोका सहयोगी देश अफगानिस्तानको युद्ध मोर्चामा थोरै पछाडि थिए।’

अफगानिस्तानमा युद्धको मोर्चामा नेटोका सहयोगी देश ‘थोरै पछाडि’ परेको आरोप लगाएका थिए। 

जुन टिप्पणीलाई स्टार्मरले ‘अपमानजनक र निकै लज्जास्पद’ भन्दै ट्रम्पलाई माफी माग्न अनुरोध गरेका छन्। 

अफगानिस्तानमा ज्यान गुमाउने सैनिकहरूको साहस, बहादुरी र बलिदानलाई कहिल्यै नबिर्सने उल्लेख गर्दै स्टार्मरले कैयौँ मानिस घाइते भएको र त्यसले उनीहरूको जीवन बदलेको बताए। 

उनले भने, ‘मलाई राष्ट्रपति ट्रम्पको टिप्पणी अपमानपूर्ण र साँच्चै भन्नुपर्दा निकै लज्जास्पद लाग्यो। जसले मारिएका वा घाइते भएकाहरूका प्रियजनलाई गहिरो चोट पुर्‍याएको छ र वास्तवमा पूरै देशलाई असर पारेको छ।’

उनले अगाडि भने, ‘मैले त्यस्तो गलत कुरा बोलेको भए म निश्चित रूपमा माफी माग्ने थिएँ।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad