कर्णाली


सैनिक आवसीय विद्यालयको गाडीले ठक्कर दिँदा एक जनाको मृत्यु

सैनिक आवसीय विद्यालयको गाडीले ठक्कर दिँदा एक जनाको मृत्यु

नेपालखबर
मंसिर १०, २०८२ बुधबार २०:५, सुर्खेत

सुर्खेतो वीरेन्द्रनगर नगरपालिका–१२ चाँदनी चोकमा सैनिक आवासीय महाविद्यालय मंगलगढीको गाडीले मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ। 

नेवारेतर्फ आउँदै गरेको सैनिक आवासीय विद्यालयको बाप्र०१००४ क ५५७४ नम्बरको स्कुल बसले भे८प ४२९ नम्बरको मोटरसाइकललाई बुधबार साँझ ठक्कर दिएको हो। 

दुर्घटनामा गम्भीर घाइते भएका वीरेन्द्रनगर नगरपालिका–७ का अन्दाजी २३ वर्षीय महेश सापकोटाको उपचारको क्रममा प्रदेश अस्पतालमा मृत्यु भएको सुर्खेत प्रहरीले जनाएको छ। 

प्रहरीले बस र चालकलाई नियन्त्रणमा लिएर अनुसन्धान शुरू गरेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad