कर्णाली


नक्कली विवाह गर्दै गहना लुट्दै, दुई आरोपी पक्राउ

नक्कली विवाह गर्दै गहना लुट्दै, दुई आरोपी पक्राउ

नेपालखबर
भदौ १९, २०८२ बिहिबार १५:१८, सुर्खेत

सामाजिक सञ्जालमार्फत नक्कली विवाह गराइ ठगी गरेको आरोपमा सुर्खेतमा दुईजना पक्राउ परेका छन्। 

उनीहरूलाई प्रहरीले भदौ १७ गते वीरेन्द्रनगरबाट पक्राउ गरेको हो। 

जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी नायब उपरीक्षक मोहनजंग बुढथापाले फेसबुकलगायत माध्यमबाट सम्पर्क गरी नक्कली आमा–बुवा तथा छोरी बनेर विवाह गर्ने मनसायले विभिन्न पुरुषसँग विवाह गर्ने र विवाह पश्चात बेहुली बनेकी महिलाले नगद तथा सुनचाँदीका गरगहना लिएर बेपत्ता हुने गरेको उजुरीका आधारमा उनीहरूलाई पक्राउ गरिएको जानकारी दिए। 

पक्राउ पर्नेमा दैलेख घर भई हाल वीरेन्द्रनगर नगरपालिका–१० बसोबास गर्दै होटल सदाशंकरका सञ्चालक ४० वर्षीय गोपालकुमार विक र अछाम तुर्माखाद गाउँपालिका–३ का स्थायी बासिन्दा भई हाल वीरेन्द्रनगर नगरपालिका–१० बस्ने ३८ वर्षीया भविसरा रास्कोटी मगर रहेका छन्। उनीहरूलाई प्रहरीले वीरेन्द्रनगर–१० बसपार्क क्षेत्रबाट पक्राउ गरेको हो। 

अनुसन्धानका क्रममा फरक–फरक मितिमा एउटै महिलासँग विभिन्न पुरुषहरूलाई विवाह गराइ ठगी गरिएको खुलेपछि पीडितहरूले जिल्ला प्रहरी कार्यालयमा जाहेरी दिएका थिए। 

सोही जाहेरीका आधारमा पक्राउ परेका व्यक्तिमाथि हाल ठगी तथा आपराधिक लाभसम्बन्धी कसुरमा म्याद थप गरी थप अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad