सुर्खेतको वीरेन्द्रनगरमा दिउँसै घरमा पसेर सुनका गरगहना र नगद चोरी गर्ने एक युवकलाई प्रहरीले पक्राउ गरेको छ।
गत साउन २१ गते वीरेन्द्रनगर–४, नयाँबजारस्थित एक घरबाट करिब २।५ तोला सुन र ५० हजार नगद चोरी भएको थियो। घटनाको अनुसन्धान गर्ने क्रममा जिल्ला प्रहरी कार्यालय, सुर्खेतको विशेष टोलीले वीरेन्द्रनगर–६ का १८ वर्षीय अर्जुन गहतराजलाई पक्राउ गरेको हो।
उनको साथबाट चोरी भएका सुनको ब्रासलेट, औंठी र सिक्री लगायतका गरगहना बरामद गरिएको छ। हाल उनलाई हिरासतमा राखी चोरी मुद्दामा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ।
177
Shares

प्रतिक्रिया