कर्णाली प्रदेश सरकारले साउन १ गते सार्वजनिक बिदा दिने भएको छ।
भोली बिहीबार साउने संक्रान्ति तथा देउडा पर्वको उपलक्ष्यमा सरकारले सार्वजनिक बिदा दिएको हो।
कर्णाली प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालयका प्रवक्ता उत्तम गौतमले साउन १ गते प्रदेशभर सार्वजनिक बिदा दिइने बताए।
उनकाअनुसार कर्णाली प्रदेशभरका सबै सरकारी कार्यालय तथा सार्वजनिक संघ–संस्थाहरूमा सार्वजनिक हुनेछ।
यसअघि २०८१ चैत १७ गते बसेको कर्णाली प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले बिदा दिने निर्णय गरेको थियो।
195
Shares

प्रतिक्रिया