कर्णाली


कर्णालीसहित देशभरका विभिन्न जलविद्युत आयोजनाको लगानी ढाँचा तयार गरिने

कर्णालीसहित देशभरका विभिन्न जलविद्युत आयोजनाको लगानी ढाँचा तयार गरिने

नेपालखबर
जेठ १५, २०८२ बिहिबार १७:२, सुर्खेत

संघीय सरकारले देशभरका जलविद्युत आयोजनाको लगानी ढाँचा तयार पार्ने भएको छ।

संघीय संसदमा आगामी आर्थिक वर्ष २०८२०-८३ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री विष्णु पौडेलले अपर अरुण, किमाथाङ्का अरुण, नलगाड, मुगुम कर्णाली, मुगु कर्णाली, उत्तरगंगा, तमोर, र सुनकोशी–३ जलविद्युत आयोजनामा लगानीको ढाँचा तयारी गरिने बताए। 

यस्तै, अर्थमन्त्री पौडेलले डोल्पामा बन्न लागेको अर्धजलाशययूक्त १०६ मेगावाटको जगदुल्ला हाइड्रोपावर निर्माण आगामी वर्षमा थाल्नेदेखि बहुप्रतिक्षिता कर्णाली–चिसापानी बहुद्देश्यीय अयोजनाको बिस्तृत इन्जिनियरिङ्ग अध्ययन पुरा गरी लगानीको ढाँचा तयार बताए।

कोहलपुर–सुर्खेत–जुम्ला १३२ केभी प्रशारण लाइन दुई वर्षभित्र सम्पन्न गरिने 
यस्तै, कर्णालीको विद्युत समस्याको दीर्घकालीन समस्या समाधान गर्न कोहलपुर–सुर्खेत–जुम्ला १३२ केभी प्रशारण लाइन दुई वर्षभित्र सम्पन्न गर्ने भएको छ। अर्थमन्त्री पौडेलले दुई वर्षभित्र कर्णालीको विद्यमान विद्युत समस्या हल गर्नेगरी काम गरिने बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad