कर्णाली


सुर्खेत विमानस्थलको रनवेमा जमिनमुनिबाट पानी निस्कियो, हवाई सेवा बन्द

सुर्खेत विमानस्थलको रनवेमा जमिनमुनिबाट पानी निस्कियो, हवाई सेवा बन्द

दिनेश बुढा
जेठ ८, २०८२ बिहिबार ९:२४, सुर्खेत

सुर्खेत विमानस्थलको धावनमार्ग (रनवे) मा खाल्डो परेपछि लागि हवाई उडान सेवा बन्द भएको छ।

जमिनमुनिबाट पानी निस्किएपछि २ दिनका लागि विमानस्थलमा हवाईजहाज आउजाउ बन्द गरिएको हो।

रनवेमा खाल्डो परेपछि गत मंगलबारदेखि उडान रोकेर मर्मत सम्भार भइरहेको छ। 

तर एउटा खाल्डो पुरिए पनि रनवेको अर्को ठाउँमा पनि पानी निस्किन थालेपछि शुक्रबारसम्मका लागि हवाई सेवा बन्द गरिएको हो। 

विमानस्थलका प्रमुख हिराज काफ्लेले सुरुमा भ्वाङ (खाल्डो) परेको ठाउँको मर्मत सकेको तर १० मिटरको दूरीमा पुनः अर्को ठाउँमा जमिनमुनिबाट पानी निस्किएपछि उडान बन्द गरिएको बताए।

उनका अनुसार पानी हटाएर खाल्डो पुर्ने काम शुक्रबारसम्म सक्ने योजना छ। 

खाल्डो परेको रनवे क्षेत्र यसअघि बस्ती उठाएर बनाइएको स्थान हो। 

सुर्खेतको नेवार स्कुलतर्फको उत्तरी क्षेत्रको रनवेमा खाल्डो परेको हो। 

खाल्डो पुरेर शनिबारदेखि नियमित उडान र अवतरण गराउने तयारी रहेको प्रमुख काफ्लेले जानकारी दिए।

सुर्खेत विमानस्थलबाट बुद्ध र श्री एयरलायन्सले दैनिक चार उडान सुर्खेत-काठमाडौँ-सुर्खेत रुटमा उडान गरिरहेका छन्।

विमानस्थल बन्द हुँदा यात्रु ३ घण्टा सडक यात्रा गरेर नेपालगन्ज पुगेर त्यहाँबाट काठमाडौँ जाने गरिरहेका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad