बागमती


चितवनमा दुई ट्रक ठोकिँदा ७ जना घाइते

चितवनमा दुई ट्रक ठोकिँदा ७ जना घाइते

दुर्घटनास्थल


सुनिता विष्ट
जेठ ८, २०८२ बिहिबार ९:३२, काठमाडौँ

चितवनको गाईघाटमा दुई ट्रक एकआपसमा ठोकिँदा ७ जना घाइते भएका छन्।

आज बिहीबार बिहान ६:५० बजेतिर नारायणगढबाट मुग्लिनतर्फ जाँदै गरेको बागमती प्रदेश ०१–००६ ख ६२८७ नम्बरको ट्रक र मुग्लिनबाट नारायणगढतर्फ आइरहेको ना ६ ख ९८९७ नम्बरको ट्रक आपसमा ठोकिएका हुन्।

चितवनको भरतपुर महानगरपालिका-२९, गाईघाटमा भएको दुर्घटनामा दुवै ट्रकका चालकसहित ७ जना घाइते भएको चितवन प्रहरीले जानकारी दिएको छ।

घाइतेहरूलाई भरतपुरका विभिन्न अस्पतालमा लगिएको छ। 

घाइतेहरूको पहिचान खुल्न बाँकी छ।

प्रहरीका अनुसार ठोकिएका दुवै ट्रक क्षतिग्रस्त भएका छन्। 

दुर्घटनाको कारणबारे थप अनुसन्धान भइरहेको छ।

तीव्र गतिका कारण ट्रक आपसमा ठोकिएको अनुमान प्रहरीले गरेको छ। 

दुर्घटनापछि केहीबेर सडकमा यातायात प्रभावित भए पनि आहिले भने एकतर्फी रूपमा खुलाइएको चितवन प्रहरीले जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad