सुर्खेतको मदन भण्डारी राजमार्गको दशरथपुर–गुमी खण्डमा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ।
बुधबार लेकवेशी नगरपालिका–३ मा रहेको बेवारे खोलाको पुलमा अनियन्त्रित दुर्घटना भएको हो।
दशरथपुरबाट लेखफर्सातर्फ जाँदै गरेको कर्णाली प्रदेश ०२००२ प ९७५२ नम्बरको मोटरसाइकल दुर्घटना हुँला चालक लेकवेशी नगरपालिका–१ का २० वर्षीयम समिर सुनारको मृत्यु भएको प्रहरीले जनाएको छ।
जिल्ला प्रहरी कार्यालय सुर्खेतका अनुसार मोटरसाइकलमा पछाडी सवार १९ वर्षीय सन्तोष थापा घाइते भएका छन्। उनलाई उपचारका लागि नेपालगञ्ज पठाइएको छ।
102
Shares

प्रतिक्रिया