काठमाडौँको बालकुमारीबाट प्रहरीले १६८ थान मोबाइल बरामद गरेको छ।
सडकमा चेकजाँचको क्रममा प्रहरी प्रभाग कोटेश्वरबाट खटिएको प्रहरी टोलीले सो परिमाणको अवैध मोबाइलसहित २ जनालाई नियन्त्रणमा लिएको हो।
प्रहरीका अनुसार बरामद मोबाइलमा भिभो ३० थान, सामसङ २५ थान, ओप्पो १७ थान, रियलमी १६ थान, रेडमी १३ थान, वन प्लस१० थान, आईफोन १३ थान, मोटोरोला ६ थान, नोकिया ३ थान र अन्य कम्पनीका ३५ थान गरी जम्मा १६८ थान अवैध मोबाइल बरामद भएको हो।
पक्राउ पर्नेमा नुवाकोटको विदुर नगरपालिका–१३ घर भइ काठमाडौँ बाफल बस्ने वर्ष २४ को शंखर श्रेष्ठ र भक्तपुर नगरपालिका २ बस्ने वर्ष २३ को कुशल सिलपकार रहेका छन्।
उनीहरूमाथि थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी परिसर, काठमाडौँका प्रवक्ता एसपी अपील राज बोहराले जनाएका छन्।

प्रतिक्रिया