कर्णाली


हिउँले ढाकिए कर्णालीका हिमाली जिल्ला (१२ तस्बिर)

अत्यधिक चिसोले जनजीवन कष्टकर
हिउँले ढाकिए कर्णालीका हिमाली जिल्ला (१२ तस्बिर)

दिनेश बुढा
पुस १३, २०८१ शनिबार १०:३६, सुर्खेत

कर्णाली प्रदेशका हिमाली जिल्लाहरूमा हिमपात भइरहेको छ।

हुम्ला, जुम्ला, मुगु, डोल्पा र कालिकोटमा शुक्रबार रातिदेखि नै हिउँ परिरहेको हो। 

हिमपातका कारण अत्यधिक चिसो बढेपछि जनजीवन कष्टकर भएको छ।

योसमेत हुम्लामा तेस्रोपटक हिमपात भएको हो। हुम्लाको सिमकोटलगायत उत्तरी क्षेत्रमा अत्यधिक हिउँ परेको छ।

यस्तै मुगुको पर्यटकीय स्थल रारा ताल पनि हिउँले ढाकिएको छ।

अन्य जिल्लामा पनि गएरातिदेखि आकाश बादलले ढाकिरहेको जल तथा मौसम विभागले जनाएको छ।

बाक्लो हिउँका कारण आवतजावतमा समस्या भएको स्थानीयले बताएका छन्।

हिमपात हुँदा कोदो, चिनु, फापरलगायत हिउँदे बाली सप्रिने आशामा हिमाली जिल्लाका किसानले गरेका छन्।

चिसो बढेसँगै सरकारी तथा गैरसरकारी कार्यालयबाट सेवा लिन समेत समस्या भइरहेको छ।

अहिले हुम्ला सिमिकोटको तापक्रम माइनस ८ डिग्री सेल्सियसमा झरेको छ।

यस्तै सुर्खेतको तापक्रम १५ डिग्री सेल्सियस छ भने जुम्लाको ३ डिग्री सेल्सियस छ।

हेर्नुहोस् दर्जन तस्बिर-

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad