समाज


सत्रकिलो दुर्घटना अपडेट : थप तीन मृतकको सनाखत

सत्रकिलो दुर्घटना अपडेट : थप तीन मृतकको सनाखत

नेपालखबर
कात्तिक २३, २०८१ शुक्रबार १६:७, मकवानपुर (हेटौंडा)

नारायणगढ मुग्लिन सडकखण्ड अन्तर्गत पर्ने भरतपुर महानगरपालिका–२९ सत्रकिलो दुर्घटनामा मृत्यु भएका थप तीन जनाको सनाखत भएको छ। 

शुक्रबार बिहान मुग्लिङबाट नारायणगढ तर्फ आउँदै गरेको बागमती प्रदेश०६–००१ ज ०२९८ नम्बरको इलेक्ट्रिक हायस र नारायणगढबाट मुग्लिङतर्फ जाँदै गरेको बागमती प्रदेश०३–००१ ख २८१२ नम्बरको बस एक आपसमा ठोक्किँदा ५ जनाको मृत्यु भएको थियो।

जसमा २ जनाको यसअघि नै सनाखत भएको थप ३ जनाको सनाखत भएको चितवन प्रहरीले जनाएको छ।

जसमा विनय त्रिवेणी गाउँपालिका–४ स्थित बगैँचाका ३५ वर्षिय सन्तोष भुषाल, सोही स्थानकी ३३ वर्षिय सविना भुषाल र भारत घर भई पोखरा बस्दै आएका३६ वर्षीय राजकुमार साह रहेको चितवन प्रहरी प्रवक्ता डिएसपी भेषराज रिजालले बताए।

गोरखाको आरुघाट गाउँपालिका १ मान्बुका ४२ वर्षिय राज बहादुर गुरुङ, माईक्रोबस चालक चितवनको खैरहनी नगरपालिका वडा नम्बर ४ का ४० वर्षिय अनोज अधिकारीको यसअघि नै सनाखत भैसकेको थियो।

मृतक मध्ये सबै माईक्रोबसमा सवार यात्रु हुन्। माइक्रोमा सवार अर्का एकजनाको चितवन मेडिकल कलेज भरतपुरमा उपचार भइरहेको छ। 

उनको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad