कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेल र भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री विनोदकुमार शाहबीच कार्यसम्पादन सम्झौता भएको छ। मंगलबार मन्त्री शाह र मुख्यमन्त्री कँडेलबीच मन्त्रालयबाट सम्पादन हुने कार्याक्रम सम्बन्धी कार्यसम्पादन सम्झौता भएको हो।
मुख्यमन्त्री कार्यालयमा भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयबाट सम्पादन हुने कार्यक्रम सम्बन्धी कार्यसम्पादन सम्झौता पत्रमा मुख्यमन्त्री कँडेल र कृषिमन्त्री शाहले हस्ताक्षर गरेका छन्।
मन्त्री विनोदकुमार शाहले आफ्नो जिम्मामा रहेको वार्षिक कार्याक्रमहरु निर्धारित समयमा गरेर सक्ने प्रतिबद्ध हुनका लागि मुख्यमन्त्रीसँग कार्य सम्पादन सम्झौता गरिएको जानकारी दिए।
उनका अनुसार यस सम्झौताले मन्त्रालयमा हुने हरेक कार्यक्रमहरुको प्रभावकारिता बढाउने र भविष्यमा सफल कार्यक्रमहरुको विस्तार गर्न मार्ग प्रशस्त हुने, कर्णाली प्रदेशको कृषि क्षेत्रमा देखिएका चुनौतिहरू समाधान गर्दै कृषि उत्पादनमा वृद्धि गर्न सरकार र स्थानीय निकायहरुको समन्वयले महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा राखिएको छ।
यस्तै, कार्यसम्पादनका लागि चालिएका कदमहरुको बारेमा र अनुगमनका क्रममा देखिएका समस्याहरु समाधानका लागि मन्त्रीले मुख्यमन्त्रीसँग मासिकरुपमा मौखिक वा लिखित जानकारी गराउनु पर्ने उक्त पत्रमा उल्लेख छ।
Shares

प्रतिक्रिया