राजनीति


गणतन्त्र संस्थागत गर्ने अभियानमा सघाउन देउवाको आग्रह

गणतन्त्र संस्थागत गर्ने अभियानमा सघाउन देउवाको आग्रह

नेपालखबर
असोज ३०, २०८१ बुधबार १९:५८, काठमाडौँ

नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले रचनात्मक सुझाव दिएर सङ्घीय लोकतान्त्रिक गणतन्त्र संस्थागत गर्न ‘जय नेपाल फाउन्डेसन’ जस्ता संस्थाको महत्त्वपूर्ण भूमिका रहने बताएका छन्।

आफ्नै निवास बूढानीलकण्ठमा आज जय नेपाल फाउन्डेसनको स्मारिका ‘जय नेपाल सन्देश’ सार्वजनिक गर्दै सभापति देउवाले चेतनाको वाहक भएर लोकतान्त्रिक पद्धती र विधिको शासन स्थापित गराउन, सुशासन कायम गर्न र जनअधिकारको रक्षाका निम्ति फाउन्डेसनले उल्लेखनीय भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गरे। उनले कांग्रेसलाई रचनात्मक सुझाव र सल्लाह दिएर गणतन्त्र संस्थागत गर्ने अभियानमा सघाउन पनि फाउन्डेसनलाई आग्रह गरे।

विश्वभर छरिएर रहेका नेपाली समुदायलाई एकताबद्ध गर्दै जय नेपाल अन्तराष्ट्रिय फाउन्डेसन समेत स्थापना भएकामा खुसी व्यक्त गर्दै सभापति देउवाले नेपाललाई समुन्नत बनाउने अभियानमा सबैको हातेमालो आवश्यक रहेको बताए।
 
स्मारिका सार्वजनिक कार्यक्रममा फाउन्डेसनका अध्यक्ष बद्री अर्यालले संस्थाका गतिविधि, उद्देश्य र अभियानबारे सभापति देउवालाई जानकारी गराएका थिए। जय नेपाल सन्देशका प्रधान सम्पादक प्रा.डा धनेश्वर नेपाल र फाउन्डेसनका संस्थापक सदस्य सचिव एवं प्रकाशन तथा प्रचार विभाग प्रमुख विजयराज अधिकारीले स्मारिकामा समेटिएका विषयवस्तु र विचारहरूबारे सभापति देउवालाई संक्षिप्त जानकारी गराएका थिए।

फाउन्डेसनका संस्थापक सदस्यहरू योगेन्द्र राई, रामबहादुर रोकाय, प्रकाश रावल र शान्ता तामाङलगायत सहभागी थिए।

फाउन्डेसन नेपालभित्र रहेका तथा विश्वभर छरिएका नेपाली युवाबीच सहकार्य, सहयोग र सद्भाव बढाउने उद्देश्यले स्थापना भएको गैरनाफामूलक संस्था हो।

फाउन्डेसनको केन्द्रीय समिति, ७ वटै प्रदेश, ७७ वटै जिल्ला एवं पालिका तहसम्म संरचना विस्तार भएका छन्। अमेरिकामा जय नेपाल अन्तराष्ट्रिय फाउन्डेसन कृयाशील छ भने यसअन्तरर्गत विभिन्न देशमा ३० भन्दाबढी शाखाहरू विस्तार भएको छ।
 
नेपाल विद्यार्थी सङ्घका पूर्वमहामन्त्री तथा अन्तर्राष्ट्रिय स्तरमा ख्याति प्राप्त युवा वैज्ञानिक प्राडा यादव पण्डितले जय नेपाल इन्टरनेसनल फाउन्डेसनको नेतृत्व गरेका छन्। फाउन्डेसनअन्तर्गत अन्तराष्ट्रिय नलेज नेटवर्क, मिडिया नेटवर्क, युथ नेटवर्क र ओमन नेटवर्क समेत कृयाशील रहेका छन्। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad