ad ad

कर्णाली


कर्णालीमा कांग्रेसबाट बन्दैछन् यी ४ मन्त्री, अर्थमा राजीव

कर्णालीमा कांग्रेसबाट बन्दैछन् यी ४ मन्त्री, अर्थमा राजीव

नेपालखबर
साउन १८, २०८१ शुक्रबार १२:२, सुर्खेत

नेपाली कंग्रेसले कर्णाली प्रदेश सरकारमा पठाउने मन्त्रीहरूको नाम तय गरेको छ। नेपाली कांग्रेस कर्णाली प्रदेशका प्रमुख सचेतक हिक्मत विष्टका अनुसार मन्त्रीहरूको नामको टुंगो लागेको हो।

उनका अनुसार कांग्रेसबाट आर्थिक मामिला तथा योजना मन्त्रीमा राजीव विक्रम शाह, सामाजिक विकास मन्त्रीमा घनश्याम भण्डारी, उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रीमा सुरेश अधिकारी र जलस्रोत तथा ऊर्जा विकास मन्त्रीमा विजया बुढालाई पठाइएको छ।

केन्द्रीय सत्ता समिकरण फेरिएसँगै कर्णाली सरकारमा कांग्रेसको कमब्याक भएको हो।

केन्द्रमा भएको सहमति अनुसार, कर्णाली प्रदेश सरकारको नेतृत्व एमालेले नै गर्नेछ।

यहाँ एमाले दलका नेता यामलाल कँडेल प्रदेशको मुख्यमन्त्री छन्।

यस्तै, नवनियुक्त प्रदेश प्रमुख यज्ञराज जोशी शुक्रबार प्रदेश राजधानी वीरेन्द्रनगर पुगेर पदभार ग्रहण समेत गरिसकेका छन्। 

विष्टल नेपालखबरसँग भने, ‘हामीले मन्त्रीहरुको नाम तयार गरेर मुख्यमन्त्री कँडेललज्यूलाई बुझाई सकेका छौँ। उहाँले  सकभर आजै शपथका लागि प्रदेश प्रमुख कहाँ पत्र पठाउनुहुन्छ होला।’

कांग्रेसबाट मन्त्री भएका चार जनामध्ये शाह, भण्डारी र बुढा संस्थापन पक्षका हुन भने अधिकारी संस्थापन इतर पक्षका हुन्।

८ सदस्यीय कर्णाली मन्त्री परिषदुमा मुख्यमन्त्रीसहित एमालेले तीन मन्त्रालय राखेको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .