कर्णाली


कर्णालीमा मिलेन कुरा, प्रदेश सभा बैठक बुधबारसम्मलाई स्थगित

कर्णालीमा मिलेन कुरा, प्रदेश सभा बैठक बुधबारसम्मलाई स्थगित

तस्बिर : दिनेश बुढा


नेपालखबर
चैत २०, २०८० मंगलबार १६:५९, काठमाडौँ

कर्णाली प्रदेशसभाकाे बैठक बुधबार दिउँसो ३ बजेसम्मका लागि स्थगित भएको छ।

मुख्यमन्त्री राजकुमार शर्माले विश्वासको मत लिने गरी मंगलबार दिउँसो ३ बजेका लागि डाकिएको बैठक दलहरूबीच सहमति जुट्न नसक्दा स्थगित भएको छ।

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पद छाड्न भने पनि मुख्यमन्त्री शर्माले विश्वासको मत लिने अडान राखेका थिए।

विश्वासको मत लिएर मात्रै पदबाट बाहिरिने अडान राखेका उनी र माओवादी नेतृत्वबीच कुरा नमिल्दा प्रदेश सभा बैठक नै बुधबारसम्मलाई स्थगित गरिएको हो। 

यसअघि मंगलबार नै बसेको प्रदेश सभा कार्यव्यवस्था परामर्श समितिको बैठकले मुख्यमन्त्री शर्माले लिने विश्वासको मत लिने निर्णय अघि बढाएको थियो।

केन्द्रको निर्देशन तत्कालन कार्यान्वयन नगर्ने पक्षमा उभिएका शर्माले सरकारी निवासमा एमाले र माओवादीका नेताबीच दुई घण्टा लामो छलफल गरेका थिए। तर उनले त्यहाँ पनि विश्वासको मत लिएपछि मात्रै पद त्याग्ने बताएका थिए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .