कर्णाली


समाजवादी प्रेस कर्णाली प्रदेशको अध्यक्षमा दिपककुमार बुढाक्षेत्री

समाजवादी प्रेस कर्णाली प्रदेशको अध्यक्षमा दिपककुमार बुढाक्षेत्री

नेपालखबर
मंसिर २१, २०८० बिहिबार ११:२९, सुर्खेत

नेकपा (एकीकृत समाजवादी) पार्टी निकट पत्रकारहरूको संगठन समाजवादी प्रेस कर्णाली प्रदेशको अध्यक्षमा दिपककुमार बुढाक्षेत्री (सुर्खेत) चयन भएका छन्।

सुर्खेतको वीरेन्द्रनगरमा सम्पन्न संगठनको प्रथम अधिवेशनले बुढाको अध्यक्षतामा १७ सदस्यीय प्रदेश कमिटी सर्वसम्मत चयन गरेको हो।

जसको उपाध्यक्षमा कमल बुढा (डोल्पा), महिला उपाध्यक्षमा राधिकाकुमारी बराल (कालिकोट), सचिवमा शिवलाल डाँगी (सल्यान), कोषाध्यक्षमा कृष्णबहादुर सुनार (दैलेख) र सहसचिव प्रेम वली (जाजरकोट) निर्वाचित भएका छन्।

त्यस्तै, सदस्यहरूमा वसन्त बागचन (मुगु), नन्दराम जैसी (जुम्ला), आनन्दसिंह बोहोरा (डोल्पा), विनोद लम्साल (सुर्खेत), दान खत्री (दैलेख), करिष्मा गिरी (सल्यान), पुष्पराज वली (जाजरकोट), कुसुम रोकाय (हुम्ला) र कमला मल्ल (दैलेख) निर्वाचित भएका छन्।

नमन शाही, रमेश गौतम र चक्र केसीको अध्यक्ष मण्डलले संगठनका नवनिर्वाचित पदाधिकारी तथा सदस्यहरूलाई पद तथा गोपनीयताको सपथ खुवाएको थियो।

साथै, भेलाले नन्दराज जैसी (जुम्ला) र दुर्गा विसी (सल्यान)लाई केन्द्रीय सदस्यमा मनोनीत गर्ने सर्वसम्मत निर्णय गरेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .