कर्णाली


भूकम्प : रुकुम पश्चिममा पहिलो चरणको राहत वितरण सकियो

भूकम्प : रुकुम पश्चिममा पहिलो चरणको राहत वितरण सकियो

फाइल तस्बिर


नेपालखबर
मंसिर २, २०८० शनिबार १९:१०, त्रिवेणी (रुकुम पश्चिम)

जाजरकोट भूकम्पबाट प्रभावित रुकुम पश्चिमका विभिन्न स्थानमा पहिलो चरणको राहत वितरण सकिएको छ। भूकम्प गएको भोलिपल्ट नै उद्धार सकिए पनि पहिलो चरणको राहत वितरण भने दुई सातापछि हिजो शुक्रबार मात्रै पूरा भएको रुकुम पश्चिमका सहायक प्रमुख जिल्ला अधिकारी प्रवेश बढुवालले बताए।

भूकम्पबाट प्रभावित जिल्लाको आठबिसकोट नगरपालिका र सानीभेरी गाउँपालिकाका पीडित परिवारलाई त्रिपाल, कम्बल, सिरक, म्याट, चामल, दाल, नुन, तेललगायतका राहत सामग्री वितरण गरिएको उनले बताए।

उनका अनुसार मानवीय क्षति तथा भौतिक संरचनामा कम क्षति भएका मुसीकोट र चौरजहारी नगरपालिका, बाँफीकोट र त्रिवेणी गाउँपालिकामा पनि पहिलो चरणमा राहत वितरण सकिएको छ। अब स्थानीय तहबाट क्षतिको पूर्ण विवरण प्राप्त भएपछि विपद् व्यवस्थापन समितिको बैठकले गर्ने निर्णयअनुसार अस्थायी आवास निर्माण सुरु गरिने उनको भनाइ छ।

‘अबको आवश्यकता भूकम्पपीडितलाई अस्थायी टहरा निर्माण गरी सुरक्षित ठाउँमा स्थानान्तरण हो। सोही अनुसार काम गर्छौ’, उनले भने।

उहाँका अनुसार स्थानीय तहलाई कार्यालयले भनेअनुसारको ढाँचामा क्षतिको विवरण सङ्कलन गरी पठाउन निर्देशन दिइसकिएको छ।

केही व्यक्ति तथा संस्थाले आफ्नै पहलमा आठबिसकोट र चौरजहरी नगरपलिकामा अस्थायी टहरा निर्माण सुरु गरिसकेका छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .