मुगुमा चार जनाको हत्या अभियोगमा प्रकाउ परेका दुई जनालाई प्रहरीले सार्वजनिक गरेको छ। जिल्ला प्रहरी कार्यालय मुगुले शुक्रबार पत्रकार सम्मेलन गरेर पक्राउ परेका अभियुक्त सार्वजनिक गरेको हो।
कार्तिक १० गते छायाँनाथ रारा नगरपालिका–६ मन्दुगाउँकी २८ वर्षीया श्रीदेवी बोहोरा र उनका तीन छोरा छोरीको सामूहिक हत्या भएको थियो।
पक्राउ पर्नेमा छायाँनाथ रारा नगरपालिका–७ पिना घर भई बाँकेको वैजनाथ गाउँपालिका–१ चिसापानी बस्ने ३१ वर्षीय ‘काले’ भनिने गोर्खराज शाही र छायाँनाथ रारा–६ मन्दुका ३१ वर्षीय गोपालबहादुर बोहरा रहेका छन्।
प्रहरीका अनुसार शाहीलाई सोमबार (कार्तिक २०) गते सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–५ पँञ्चकोशीटोलबाट र बोहरालाई मुगुबाटै पक्राउ गरेको हो।
कात्तिक २४, २०८०, शुक्रबार
621
Shares
प्रतिक्रिया