ad ad

कला


चलचित्र पशुपतिप्रसाद–३ निर्माण हुने

चलचित्र पशुपतिप्रसाद–३ निर्माण हुने

फाइल तस्बिर


नेपालखबर
कात्तिक २४, २०८० शुक्रबार १८:२९, काठमाडौँ

चलचित्र पशुपति प्रसादको तेस्रो श्रृंखला निर्माण हुने भएको छ।

शुक्रबार पशुपति प्रसाद २ भष्मे डन चलचित्र चौथो हप्तामा प्रवेश गरेको अवसरमा आयोजित कार्यक्रममा यसबारेमा जानकारी गराइएको हो।

चलचित्रका निर्माता एवं अभिनेता खगेन्द्र लामिछानेले यसबारेमा जानकारी गराए। उनले सिनेमा हलमा दर्शकहरूले तेस्रो श्रृंखला कहिले ल्याउने भन्ने प्रश्न गरेकाले यत्तिको लामो समय नलगाउने तर चलचित्र निर्माण हुने घोषणा गरे।

चलचित्रप्रति आफूहरू खुसी भएको उनले बताए।

त्यस्तै निर्देशक दीपेन्द्र के खनालले अपेक्षा गरेअनुसार पशुपतिप्रसाद जस्तो पशुपतिप्रसाद–२ नभएको बताए। उनले पशुपतिप्रसादमा भन्दा कम मात्रै दर्शकले रुचाएको पनि बताए। उनले दर्शकलाई नढाँटीकन आफूहरूले काम गरेको बताउँदै उनले ७० प्रतिशत दर्शकले तेस्रो श्रृंखला खोजेको बताए।

पशुपति प्रसाद २ भष्मे डन चौथो हप्तामा प्रवेश गरेको अवसरमा निर्माण टिमले केक काटेर खुसीयाली मनाएको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .