एमाले कर्णाली प्रदेशको नयाँ नेतृत्वका लागि भएको मतदानमा हालसम्म पाँच सय १२ मत खसेको छ। ६ सय २० मतदातामध्ये हालसम्म पाँच सय १२ मत खसेको निर्वाचन कमिटीले जनाएको छ।
अबको एक घण्टामा मतदान गरेर सकिने निर्वाचन कमिटीले जनाएको छ।
प्रदेश अधिवेशन निर्वाचन कमिटीका प्रमुख निर्वाचन अधिकृत मातृकाप्रसाद खनालले निर्वाचन टोलीले मतदान सकिँदा बितिकै मतगणना गर्न तयार रहेको बताए।
उनले भने, ‘अब एक घण्टाभित्रमा मतदान गरेर सकिन्छ। त्यसपछि हामी मतगणना गर्नका लागि पनि तयार छौँ। तर, उम्मेदवारहरुले के भन्नुहुन्छ बसेर टुंगो लाग्छ।’
यस्तै, निर्वाचन कमिटीले मतदान सकिए लगतै उम्मेदवारहरुसँग बसेर मतगणनाका विषयमा छलफल गरिने जनाएको छ।
असोज १४, २०८०, आइतबार
564
Shares
प्रतिक्रिया