जुम्लामा जिप दुर्घटनामा हुँदा मृत्यु भएका चालक र सहचालककाे परिचय खुलेको छ।
जुम्लाको कनकासुन्दरी गाउँपालिका– ४ छलपुनेरामा आज भे १ ज १०९९ नम्बरको जिप दुर्घटना हुँदा चालक मुगुको छायानाथ रारा नगरपालिका–५ का अविराज कार्की र सहचालक सोही ठाउँकै रुपबहादुर रावलको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रहरी नायब उपरीक्षक प्रल्हाद कार्कीले जानकारी दिए।
नाग्म–मुगु सडकखण्डको कनकासुन्दरी–४ गोडिज्युलाबाट मुगुतर्फ जाँदै गर्दा उक्त जिप सडकबाट झण्डै तीन सय मिटर तल खसेको हो। दुर्घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
27
Shares
प्रतिक्रिया