ad ad

कर्णाली


वीरेन्द्रनगर नगरपालिकाको बजेट तीन अर्ब २ करोड ६१ लाख

वीरेन्द्रनगर नगरपालिकाको बजेट तीन अर्ब २ करोड ६१ लाख

नेपालखबर
असार १०, २०८० आइतबार १८:९, सुर्खेत

सुर्खेतको वीरेन्द्रनगर नगरपालिकाले तीन अर्ब २ करोड ६१ लाख ८९ हजार ९६७ रुपैयाँ बजेट ल्याएको छ। नगरपालिकाले आइतबार आगामि आर्थिक वर्ष २०८०र०८१ का लागि उक्त बजेट ल्याएको हो।

नगरपालिकाका उपप्रमुख निलकण्ठ खनालले बजेट प्रस्तुत गर्दै आगामी आवमा वडा कार्यालय सञ्चालनका लागि पुँजीगतसहित १९ करोड ३८ लाख विनियोजन गरिएको छ भने नगरस्तरिय कार्यक्रमका लागि ३८ करोड ५९ लाख विनियोजन गरिएको छ। 

यो नगरपालिका कर्णाली प्रदेशको राजधानी समेत हो।

नगरपालिकाले शिक्षा, स्वास्थ्य, कृषि, विकास पूर्वाधार र खानेपानीमा विशेष गरेर बजेट ल्याएको छ।

जसमा संविधानको कार्यान्वयन गरि वीेन्द्रनगर नगरपालिका भित्रका सेवा क्षेत्र विद्यालयहरूका विद्यार्थीहरूलाई कक्षा १ देखि १० सम्म निःशूल्क शिक्षा प्रदान गर्ने, भेरी पम्पिङ खानेपानी आयोजना निर्माण गर्ने जस्ता योजना रहेका छन्।

यस्तै, नगरपालिका भित्रका नागरिकहरूलाई निःशुल्क बीमा गरि स्वास्थ्यको पहुँचमा पु¥याने, युवाहरुको उद्यमशिलताका लागि करियर काउन्सिल सेन्टर खोलेर उद्यमी बनाउने, मेयर शैक्षिक सुधार कार्यक्रम’ अन्तरगत विद्यालयको गुणस्तर र नबनाई नहुने भौतिक पूर्वाधारलाई अगाडी बढाउनका लागि बजेट विनियोजना गरेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .