कर्णाली


होटलमा गाडी र मोबाइल छाडेर कहाँ गए सुर्खेत उद्योग वाणिज्य संघका महासचिव?

खोजीमा प्रहरी र आफन्त
होटलमा गाडी र मोबाइल छाडेर कहाँ गए सुर्खेत उद्योग वाणिज्य संघका महासचिव?

फाइल तस्बिर : सुर्खेत उद्योग वाणिज्य संघका महासचिव भद्र भण्डारी


दिनेश बुढा
जेठ २७, २०८० शनिबार ९:४३, सुर्खेत

सुर्खेत उद्योग वाणिज्य संघका महासचिव भद्र भण्डारी सम्पर्कविहीन भएका छन्। न्यु बुलबुले अटो सेल्सका सञ्चालकसमेत रहेका भण्डारी केही दिनदेखि सम्पर्कविहीन भएका हुन्। 

भण्डारी चढ्ने गाडी सुदूरपश्चिम प्रदेशको इलाका प्रहरी कार्यालय (कर्णाली, चिसापानी) को नियन्त्रणमा रहेको कार्यालयका प्रहरी निरीक्षक टेकराज जोराले जानकारी दिए। 

उनका अनुसार भण्डारीले प्रयोग गर्ने बा १८ च ९८७५ नम्बरको गाडी बिहीबार कैलालीको लम्किचुवा नगरपालिका कर्णाली चिसापानीस्थित एक होटलमा बेवारिसे अवस्थामा भेटिएको थियो। 

प्रहरी निरीक्षक जोराले भण्डारीका मोबाइल, गाडीको चाबीलगायत सामान गाडीमै भेटिएको जानकारी दिए। 

‘उहाँ चढ्ने गाडी केही दिनअघि एक होटलमा भेटिएको थियो। उहाँका परिवार पनि हाम्रो सम्पर्कमा आउनुभएको छ’, प्रहरी निरीक्षक जोराले भने, ‘उहाँको अवस्था हालसम्म पनि अज्ञात छ, हामीले उहाँको हुलिया सार्वजनिक गरेर खोजीका लागि सबै ठाउँमा खबर गरेका छौँ।’ 

सुर्खेत उद्योग वाणिज्य संघका अध्यक्ष लक्ष्मण कँडेल पनि भण्डारीको खोजीमा लागेका छन्। भण्डारी खोज्न कँडेल कञ्चनपुर पुगेका हुन्। 

महासचिव भण्डारी सम्पर्कविहीन हुनुको कारण खुल्न सकेको छैन।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .