समाज


लागुऔषध सेवन गरी मोटरसाइकल चलाउने ५ चालक पक्राउ

लागुऔषध सेवन गरी मोटरसाइकल चलाउने ५ चालक पक्राउ

नेपालखबर
जेठ २७, २०८० शनिबार १०:४, काठमाडौँ

ललितपुरको बाँडेगाउँमा लागुऔषध सेवन गरी मोटरसाइकल चलाउने ५ जना चालकलाई ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको छ।

पर्नेमा बाँके घर भई हाल ललितपुरको हात्तीवन बस्ने २२ वर्षीय अंकित महत, अर्घाखाँचीको मालारानी गाउँपालिका ६ घर भई हाल शंखमुल बस्ने २० वर्षीय अनिल बस्नेत, ललितपुरका २३ वर्षिय अमित कार्की, बाँडेगाउँका १८ वर्षीय एलिस महर्जन र विराटनगर घर भई हाल चाबहिल बस्ने २७ वर्षीय सुमन खड्का रहेका छन्।

नेपाल प्रहरी अस्पतालको प्राविधिक सहयोगमा काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय, ट्राफिक प्रहरी परिसर सातदोबाटो, लागुऔषध नियन्त्रण ब्युरो र प्रहरी प्रभाग बाँडेगाउँबाट खटिएको संयुक्त टोलीले शुक्रबार बाँडेगाउँमा गरिएको चेकजाँचका क्रममा उनीहरूलाई नियन्त्रणमा लिइएको प्रहरीले बताएको छ।

उनीहरूलाई थप अनुसन्धान तथा कारवाहीका लागि प्रहरी वृत्त सातदोबाटो पठाइएको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्र प्रसाद भट्टले बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .