ad ad

कर्णाली


कालिकोट जिप दुर्घटना : घाइतेलाई सेनाको हेलिकप्टरबाट प्रदेश अस्पताल लगियो

कालिकोट जिप दुर्घटना : घाइतेलाई सेनाको हेलिकप्टरबाट प्रदेश अस्पताल लगियो

दुर्घटनास्थल


नेपालखबर
जेठ २५, २०८० बिहिबार १२:४७, सुर्खेत

बिहीबार बिहान कालिकोटको रास्कोट नगरपालिका–२ मा भएको जिप दुर्घटनामा घाइते भएकी महिलालाई थप उपचारका लागि हेलिकप्टरबाट प्रदेश अस्पताल लगिएको छ। 

दुर्घटनामा गम्भीर घाइते भएकी ३० वर्षीया रीताकुमारी शाहीलाई कालागाउँस्थित प्रदेश अस्पताल रेफर गरिएको हो। यसअघि उनलाई स्थानीय गौत अस्पताल लगिएको थियो। 

जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक सुबराज बमका अनुसार शाहीलाई नेपाली सेनाको हेलिकप्टरबाट प्रदेश अस्पताल पुर्‍याइएको हो।

रास्कोट नगरपालिका–२, सेरा बजारमा रोकिराखेको ग ३ च ४६१० नम्बरको डबल क्याब जिप आज बिहान पौने ८ बजेतिर एक्कासि ब्याक हुन गई सडकबाट तीन सय मिटर तल खसेर दुर्घटना भएको हो। 

दुर्घटनामा परी जिपमा रहेका रास्कोट नगरपालिका–१ का ४३ वर्षीय मानबहादुर शाही र उनको श्रीमति ३६ वर्षीया मनकुमारी शाहीको घटनास्थलमै मृत्यु भएको छ। सोही ठेगानाकी रीताकुमारी शाही भने गम्भीर घाइते भएकी हुन्। 

प्रहरी निरीक्षक बमका अनुसार सेरा बजारबाट कालिकोटको सदरमुकाम मान्मतर्फ जाने तयारीमा रहेको जिप न्युट्रलमा राखेर चालक बाहिर निस्केका बेला दुर्घटना भएको हो।

दुर्घटनापछि जिपका चालक विनोद दर्लामीलाई प्रहरीले नियन्त्रणमा लिएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .