ad ad

राजनीति


रविबारे किसान श्रेष्ठ : दुई दिन अनागरिक हुँदा छटपटिनेले अरुको पीडा बुझेनन्

रविबारे किसान श्रेष्ठ : दुई दिन अनागरिक हुँदा छटपटिनेले अरुको पीडा बुझेनन्

एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालसँग सांसद कृष्णकुमार श्रेष्ठ। तस्बिर : सरोज बैजु


नेपालखबर
जेठ २५, २०८० बिहिबार १२:५३, काठमाडौँ

नेकपा एकीकृत समाजवादी पार्टीका सांसद कृष्णकुमार श्रेष्ठ ‘किसान’ले नागरिकता विधेयक प्रकरणमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेप्रति व्यंग्य कसेका छन्।

तत्कालीन राष्ट्रपति विद्या भण्डारीले दुई पटकसम्म रोकेको नागरिकता विधेयक वर्तमान राष्ट्रपति रामचन्द्र पौडेलले यही जेठ १७ गते मन्त्रिपरिषद्को सिफारिसमा प्रमाणीकरण गरिदिएका थिए।

उक्त प्रकरणमा रास्वपाले संसद्लाई छलेर राष्ट्रपतिले असंवैधानिक कदम चालेको भन्दै विरोध जनाइरहेको छ। उसले पौडेलको उक्त कदमको विरोधमा संसद्मा पनि अवरोध गरेको छ।

अहिले प्रमाणीकरण भएको नागरिकता विधेयकले लाखौँ अनागरिक नेपालीलाई राहत दिने अवस्थामा भएको भन्दै रास्वपाको विरोधलाई लिएर किसानले कटाक्ष गरेका हुन्। 

‘दुई दिन अनागरिक हुँदा छट्पटी भएकाले बुझ्नु पर्दैन वर्षौँदेखि अनागरिक भइरहेका नेपालीहरुको पीडा?’, उनले संसद् भवन परिसरमा भने, ‘अहिले प्रमाणीकरण भएको नागरिकता विधेयकले लाखौँ अनागरिक नेपालीले नागरिकता पाउँछन् तर आफू केही दिन अनागरिक हुँदा छटपटिनेले उनीहरुको कुरा बुझेनन्।’

नागरिकता विवादमा तत्कालीन गृहमन्त्रीसमेत रहेका रवि लामिछानेले गत माघ १३ गते सर्वोच्च अदालतको आदेशबाट सबै पद गुमाएका थिए।

उनले मंसिर ४ को निर्वाचनमा प्रयोग गरेको नागरिकता अवैध ठहर गर्दै सर्वोच्चले खारेज गरिदिएपछि रविले माघ १५ गते आइतबार जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट पुरानै नम्बरको नयाँ नागरिकता लिएका थिए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .