कर्णाली प्रदेशसभाका विषयगत चार वटा समितिहरूको नेतृत्व चयन गरिएको छ। आइतबार समिति सदस्यहरूबाट सभापति चयन गरिएको हो।
यसअघि सभामुख नन्दा गुरुङले दलहरुबाट प्रदेश मामिला समिति, सार्वजनिक लेखा समिति, अर्थ तथा प्राकृतिक स्रोत समिति र सामाजिक विकास समितिको सदस्यहरुमा मनोनित गरेकी थिइन्।
तिनै सदस्यहरुबाट आइतबार सम्पन्न निर्वाचन अनुसार सर्वसहमतिले प्रदेश मामिला समितिको सभापतिमा कल्याणी खड्का, सार्वजनिक लेखा समितिको सभापतिमा जितबहादुर मल्ल, अर्थ तथा प्राकृतिक स्रोत समितिको सभापतिमा दुर्गाबहादुर रावत र सामाजिक विकास समितिको सभापतिमा घनश्याम भण्डारी चयन भएको प्रदेश सभा सचिव जीवराज बुढाथोकीले जानकारी दिए।
प्रदेशसभा सचिव बुढाथोकीकाअनुसार निर्वाचन पाछि सभापतिहरुलाई सभामुख गुरुङले पद तथा गोपनीयताको शपथ खुवाएकी छन्।
प्रदेश मामिला समिति
कल्याणी खड्का–सभापति
टेकराज पछाई
दक्षिणा शाही
महेन्द्र केसी
पूर्णबहादुर खत्री
रणसिंह परियार
सुरेश अधिकारी
सार्वजनिक लेखा समिति
जीतबहादुर मल्ल–सभापति
जीवनबहादुर शाही
तुल्सा मल्ल
देवेन्द्रबहादुर शाही
लक्ष्मी सुनार
विन्दामान विष्ट
सन्तोषी शाही
अर्थ तथा प्राकृतिक स्रोत समिति
दुर्गबहादुर रावत– सभापति
बलिमाया बुढा
विजय बुढा
वीरबहादुर शाही
विनोदकुमार शाह
शेरबहादुर बुढा
हिक्मतबहादुर विष्ट
सामाजिक विकास समिति
घनश्याम भण्डारी– सभापति
इन्द्राकुमारी शाही
कलबहादुर हमाल
गमत विक
मिलन रोका खड्का
यामलाल कँडेल
राजिव विक्रम शाह
जुम्कित लामा (कार्की)
Shares
प्रतिक्रिया