कर्णाली


सुर्खेतमा बुधबारदेखि नेपाल युरोपियन युनियन चलचित्र महोत्सव हुँदै

सुर्खेतमा बुधबारदेखि नेपाल युरोपियन युनियन चलचित्र महोत्सव हुँदै

नेपालखबर
बैशाख १९, २०८० मंगलबार १८:३१, काठमाडौँ

कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर सुर्खेतमा ‘नेपाल युरोपियन युनियन चलचित्र महोत्सव’ हुने भएको छ। नेपालस्थित द डेलिगेसन अफ द युरोपियन युनियन टू नेपालको आयोजनामा बुधबार (बैशाख २०)गते देखि बैशाख २२ गतेसम्म तीन दिन हुने भएको हो।

मंगलबार आयोजकले वीरेन्द्रनरमा पत्रकार सम्मेलन गर्दै ‘सबैका लागि मानवअधिकार उत्सव’ नारासँगै १२औँ संस्करणको चलचित्रको महोत्सव हुन लागेको जनाएको छ। 

महोत्सवको पहिलो चरण सूदुरपश्चिम प्रदेशको महेन्द्रनगरमा रहेको सूदुरपश्चिम  विश्वविद्यालय बैशाख १५ देखि १७ गतेसम्म भएको थियो।

दोस्रो चरण फेस्टिभल वैशाख २०, २१ र २२ गते मध्यपश्चिम विश्वविद्यालयको हलमा आयोजना हुने आयोजकले जनाएको छ। 

‘मानवअधिकारको विश्वव्यापी घोषणापत्र जारी भएको ७५ वर्ष पुगेको र आम मानिसमा उनीहरूको अधिकारका बारेमा सचेतना अभिवृद्धि गर्ने र सबैको मानवअधिकारको रक्षा गर्न सञ्जाल तथा ऐक्यबद्धता निर्माण गर्ने उद्देश्य रहेको नेपालका लागि युरोपियन युनियनकी राजदूत नोना डेप्रेजले जानकारी दिइन्। 

उनकाअनुसार महोत्सवमा युरोपका निर्देशकहरूको आठसहित नेपाली निर्देशकहरुले निर्माण गरेका छोटा चलचित्र प्रदर्शन गरिनेछ।

यस्तै, महोत्सवको सुरुआत हमी रमेजनद्वारा निर्देशित ‘एनी डे नाउ’ चलचित्रको प्रदर्शनीबाट हुनेछ। साथै महोत्सवमा ‘मानवअधिकार प्रवर्द्धनमा चलचित्रको भूमिका’ विषयमा छलफल, चलचित्र प्रशंसाः चलचित्रलाई कसरी बुझ्ने र प्रशंसा गर्ने विषयमा मास्टर कलास समेत हुनेछ। विगत ११ वर्षदेखि द डेलिगेसन अफ द युरोपियन युनियन टू नेपालले महोत्सव गर्दै आएको छ।

यस्तै,  अन्तिम चरण काठमाडौंस्थित चलचित्र विकास बोर्डको हलमा वैशाख २९ देखि जेठ १ गतेसम्म हुने छ भने चलचित्र महोत्सव निःशुल्क हेर्न सकिने आयोजकले जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .