कर्णाली


कर्णाली करिडोर कालोपत्र आगामी वर्ष

कर्णाली करिडोर कालोपत्र आगामी वर्ष

नेपालखबर
फागुन १२, २०७९ शुक्रबार १४:५०, काठमाडौँ

कर्णाली करिडोर कालोपत्र हुने भएको छ। कर्णाली करिडोरको कालीकोटको खुलालुदेखि हुम्लाको सलीसल्लासम्मको सडक कालोपत्र हुने भएको हो।

कर्णाली करिडोरमा आगामी आर्थिक वर्षमा कालोपत्रको काम हुने भएको छ। कर्णाली करिडोर सडक निर्माणको काम सम्पन्न भइसकेको र स्तरोन्नति काम पूरा भएपछि सडक विभागले कालोपत्र गर्ने कामलाई अगाडि बढाएको हिल्सा सिमकोट सडक आयोजनाका प्रमुख वीरेन्द्रकुमार यादवले बताए। 

‘खुलालु लैफु हुँदै सलीसल्लासम्मको सडकलाई कालोपत्र गर्ने कार्य थालनी भएको छ’, उनले भने, ‘पहिलोपटक सडक कालोपत्र हुन लागेको हो।’

कालोपत्रका लागि सडक विभागले डिपिआर तयार गर्ने कार्य पूरा भएको र आगामी आवमा सडक कालोपत्र गर्ने कार्य सुरु हुने आयोजना प्रमुख यादवले जानकारी दिए।

‘कालोपत्र सडक दुई लेनको हुनेछ, डिपिआर चाँडै तयार हुने र त्यसपछि विभागले बजेटको व्यवस्था गरेलगत्तै काम सुरु हुनेछ’ उनले भने, ‘बजेटको लागत अनुमान भइरहेको छ, आगामी आवमा बजेटको व्यवस्था भएर कालोपत्रको काम सुरु हुन्छ।’

कालिकोटदेखि हुम्लाको सलिसल्लासम्मको लम्बाइ एक सय २२ किलोमिटर रहेको र कालोपत्र गर्न कम्तीमा चारदेखि पाँच वर्ष लाग्ने प्रमुख यादवले बताए।

कालोपत्र गर्न पूर्वका सडकलाई चौडा पार्ने, मोड सुधार गर्ने कार्य भइरहेको र यसका लागि छ वटा निर्माण कम्पनीमार्फत काम भइरहेको यादवले जानकारी दिए। 

‘रु आठ करोड लगानीमा अहिले सडक सुधारको काम भइरहेको छ’ उनले भने।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .