कर्णाली


कालिकोटमा २५ वर्षपछि प्रहरीचौकी पुनःस्थापना

कालिकोटमा २५ वर्षपछि प्रहरीचौकी पुनःस्थापना

फाइल तस्बिर।


नेपालखबर
माघ २८, २०७९ शनिबार १५:२३, काठमाडौँ

कालीकोटमा फुकोट प्रहरी चौकी २५ वर्षपछि पुनःस्थापना गरिएको छ। द्वन्द्वकालमा सुरक्षाका कारणले विस्थापित भएको प्रहरी चौकी २५ वर्षपछि शुक्रबार पुनःस्थापना भएको हो।

रास्कोट नगरपालिका–९ फुकोटमा (साविकको फुकोट गाविस) रहेको फुकोट प्रहरीचौकी विसं १९८१ मा तत्कालीन राणाकालीन समयमा स्थापित भएको थियो। विसं २०५४ मा विस्थापित भएको प्रहरीचौकी पुनःस्थापना भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रमुख जयश्वर रिमालले जानकारी दिए। 
    
‘तत्कालीन सुरक्षाका कारणले प्रहरीचौकी नजिकैको इलाका प्रहरी कार्यालय रास्कोटमा सारिएको थियो’, उनले भने, ‘स्थायी प्रहरीचौकी भएका कारणले पुनःस्थापना गरिएको छ।’

प्रहरीचौकीमा एक प्रहरी सहायक निरीक्षकसहित १० प्रहरीको दरबन्दी रहेको जिल्ला प्रहरी कार्यालयका प्रमुख रिमालले बताए। 

स्थानीयको माग र सुरक्षा संवेदनशीलताका आधारमा चौकी पुनःस्थापना गरिएको जिल्ला प्रशासन कार्यालयका प्रमुख जिल्ला अधिकारी जोरासिंह माझीले बताए। 

प्रहरीलाई शान्ति सुरक्षा कायम गर्ने कार्यमा सहयोग गर्न र लामो इतिहास बोकेको प्रहरी चौकी पुनःस्थापनाले स्थानीय उत्साहित भएको रास्कोटका नगर प्रमुख धर्मराज शाहीले बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad