कर्णाली


कर्णालीका मुख्यमन्त्री शर्माले विश्वासको मत लिँदै

कर्णालीका मुख्यमन्त्री शर्माले विश्वासको मत लिँदै

तस्बिर : नेपालखबर


नेपालखबर
माघ ६, २०७९ शुक्रबार ९:१८, सुर्खेत

कर्णालीका मुख्यमन्त्री राजकुमार शर्माले आज (माघ ६) शुक्रबार विश्वासको मत लिँदैछन्।

संविधानको धारा १६८ बमोजिम नियुक्त भएको ३० दिनभित्र विश्वासको मत लिने प्रावधान अनुसार शर्माले १० औं दिनमै विश्वासको मत लिने तयारी गरेका हुन्। 

त्यसका लागि उनले मंगलबार बुलेका ५ बजे नै विश्वासको मतका लागि प्रदेश सभा सचिवालयमा प्रस्ताव पेस गर्ने सुचना दिइसकेका प्रदेश सभा सचिवालयले जनाएको छ। 

यस्तै, विश्वासको मतको लागि बिहान ११ बजे सभामुख नन्दा गुरुङले कार्य व्यवस्था परामर्श समितिको बैठक बोलाएकी प्रदेश सभा सचिवालयका प्रमुख सचिव जीवराज बुढाथोकीले जानकारी दिए। 

सचिव बुढाथोकीका अनुसार उक्त बैठकले आज दिउँसो चल्ने संसदको कार्यसुची तयार गर्ने र सोही अनुसार सभा सञ्चालन हुनेछ।  

यस्तै, संसदमा सुरुमा मुख्यमन्त्री शर्माले आफ्नो भनाई राख्छन् भने प्रत्येक दलबाट दलका नेताहरुले आ–आफ्ना धारणा राख्नेछन्। 

प्रदेश सभामा नेकपा एमाले, माओवादी, नेपाली कांग्रेस, एकीकृत समाजवादी, राप्रपा गरि पाँच दल र एक जना स्वतन्त्र सांसद रहेका छन्। 

आज ७ जनाले नै सभामा सम्बोधन गर्ने प्रदेश सभा सचिवालयले जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .