कर्णाली


सुर्खेतमा ब्राउन सुगरसहित चार पक्राउ

सुर्खेतमा ब्राउन सुगरसहित चार पक्राउ

सांकेतिक तस्बिर।


नेपालखबर
पुस १३, २०७९ बुधबार ६:५५, काठमाडौँ

जिल्ला प्रहरी कार्यालय सुर्खेतले वीरेन्द्रनगरबाट ब्राउन सुगरसहित चार व्यक्तिलाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा वीरेन्द्रनगर नगरपालिका–८ सुर्खेतका १८ वर्षीय मोहन रासकोटी, वडा नं ७ का २३ वर्षीय सुरज गौली, १० का २४ वर्षीय सुशील चौधरी र १८ वर्षीय राजन सार्की रहेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक सुरज कार्कीले जानकारी दिए।

उनीहरुलाई सोमबार बेलुका ६ बजे पक्राउ गरिएको उनले बताए।

वीरेन्द्रनगर नगरपालिका–१० सुर्खेत बुदबुदीस्थित दिदीबहिनी कटेजमा लागुऔषध कारोबार भइरहेको छ भन्ने गोप्य सूचनाको आधारमा प्रहरी टोली त्यहाँ पुगेर आठ पुरिया ब्राउन सुगरजस्तो देखिने धुलो पदार्थ लागुऔषधसहित चारै जनालाई पक्राउ गरेको उनले बताए। सूचना अधिकारी कार्कीका अनुसार पक्राउ परेका चारै व्यक्तिको थप अनुसन्धान भइरहेको छ।

त्यस्तै, सोमबार राति ११ बजे वीरेन्द्रनगर नगरपालिका–२ सुर्खेत भुरेलीस्थित श्रवण हमाललाई कुटपिट गर्ने तथा अनिल बुढा र उनको श्रीमती पूजा बुढालाई चक्कु प्रहार गर्ने ३० वर्षीय डम्मर गुरुङलगायत सात जनाको समुहलाई प्रहरीले खोजी कार्य जारी राखेको छ। घाइतेलाई उपचारको लागि कर्णाली प्रदेश अस्पताल सुर्खेतमा उपचार भईरहेको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार उनीहरुको अवस्था सामान्य रहेको र कुटपिटमा प्रयोग भएको दुईवटा मोटरसाइकलको सखर बरामद भएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad