ad ad

कर्णाली


मध्यपश्चिमाञ्चल विश्वविद्यालयका सहायक डिन डिसी र सहप्राध्यापक दासविरुद्ध भ्रष्टाचार मुद्दा

मध्यपश्चिमाञ्चल विश्वविद्यालयका सहायक डिन डिसी र सहप्राध्यापक दासविरुद्ध भ्रष्टाचार मुद्दा

नेपालखबर
कात्तिक २८, २०७९ सोमबार १५:९, सुर्खेत

मध्यपश्चिमाञ्चल विश्वविद्यालय, सुर्खेतका सहायक डिन एवं परीक्षा समितिका संयोजक कमलेश डिसी र अंग्रेजी विषयका विज्ञ एवं सहप्राध्यापक डा. विनयकुमार दासविरुद्ध भ्रष्टाचारको मुद्दा दायर गरिएको छ। 

सोमबार अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उनीहरुविरुद्ध प्रश्नपत्रको गोप्पनीयता भंग एवं परीक्षाको परिणाम फेरबदल गरेको अभियोगमा भ्रष्टाचार मुद्दा दायर गरेको हो। 

आयोगका प्रवक्ता श्यामप्रसाद भण्डारीका अनुसार आंशिक तथा करार उपप्राध्यापक पदमा विज्ञापन गर्दा सबै विषयका लागि न्यूनतम योग्यता एउटै विषय मात्र राखिएको, विज्ञको छनौट तथा लिखित र मौखिक परीक्षामा मिलेमतो गरी छनौट प्रक्रिया सम्पन्न गरिएको र लिखित परीक्षाको कपीमा अंक थपघट गरिएको आरोपमा उनीहरुविरुद्ध आरोपपत्र दायर गरिएको हो। 

विश्वविद्यालय मानविकी र सामाजिक शास्त्र संकाय डिनको कार्यालयद्वारा २०७७ माघ १९ गतेको गोरखापत्रमा प्रकाशित सूचना छलकपटपूर्ण तरिकाले निकालिएको, विभिन्न विषयका आंशिक तथा करार उपप्राध्यापक पदमा विज्ञापन गर्दा सबै विषयका लागि न्यूनतम योग्यता एउटै विषय (कानूनमा स्नातकोत्तर गरी न्यूनतम ५० प्रतिशत ल्याएको) मात्र राखिएको र विज्ञको छनौट तथा लिखित र मौखिक परीक्षामा मिलेमतो गरी छनौट प्रक्रिया सम्पन्न गरिएको र लिखित परीक्षाको कपिमा अङ्‍क थपघट गरिएको भन्ने उजुरी डिसीविरुद्ध आयोगमा परेको थियो। 

 उक्त निवेदन अनुसार अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन, २०४८ को दफा १८ र दफा ३५ एवं भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३६ बमोजिम आज विशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरिएको अयोगले जनाएको छ।   
 

यस्तै, अंग्रेजी विषयका विज्ञ दासले उत्तरपुस्तिका जाँच गर्ने क्रममा सक्ष हुने भन्दा कमजोर उम्मेदवारलाई उत्तीर्ण गराएको र अन्तर्वार्ता दिनु अगावै सहभागी उम्मेदवारहरूका उत्तरपुस्तिका माग गरी सम्बन्धित परीक्षार्थीको सिम्बोल नम्बर राखी योजना बनाएर परीक्षाको परिणामलाई फेरबदल गरेको निवेदन आयोगमा गरेको परेको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .