ad ad

कर्णाली


वनभोज खान गएका युवकको मृत्यु, एकजना बेपत्ता

वनभोज खान गएका युवकको मृत्यु, एकजना बेपत्ता

नेपालखबर
कात्तिक ९, २०७९ बुधबार ५:५२, जाजरकोट

भेरी नदीको किनारमा वनभोज खान गएका एक युवकको मृत्यु भएको छ। एक जना बेपत्ता भएका छन्।

वनभोज खान गएका भेरी नगरपालिका–४ का २० वर्षीय रोशन खड्काको मृत्यु भएको प्रहरी नायब उपरीक्षक सन्तोष निरौलाले जानकारी दिए। भेरी नगरपालिका–३ का २६ वर्षीय  विक्रान्त केसी भेरीमा बेपत्ता भएका छन्। नदीमा डुबेका वीरेन्द्र शाहीको भने उद्धार गरिएको निरौलाले बताए। 

खड्का र केसी डुबेपछि उनीहरुलाई बचाउन गएका शाही बगेर बेपत्ता भएका हुन्। उनको खोजी भइरहेको प्रहरीले जनाएको छ। तिहारको अवसरमा केही दिन अघि सदरमुकाम खलङ्गामा  फुटबल प्रतियोगिता आयोजना गरिएको थियो। खसी बाजी जितेका युवाहरुले मंगलबार भेरी नगरपालिका–११ मटेलास्थित भेरी किनारमा वनभोज आयोजना गरेका थिए ।  

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .