ad ad

कर्णाली


सुर्खेतबाट चुनाव जितिसकेपछि म प्रधानमन्त्री बन्छु : पूर्णबहादुर खड्का

सुर्खेतबाट चुनाव जितिसकेपछि म प्रधानमन्त्री बन्छु : पूर्णबहादुर खड्का

नेपालखबर
असोज ३१, २०७९ सोमबार ११:३३, सुर्खेत

पूर्वमन्त्री एवम् नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले भ्रष्टचारमुक्त, सुशासनयुक्त देश निर्माणका लागि सत्ता गठबन्धन बनेको दाबी गरेका छन्। 

सोमबार बिहान सुर्खेत विमानस्थलमा पत्रकारसँग कुरा गर्दै खड्काले गठबन्धन कुनै स्वार्थका लागि नभएर भ्रष्टचार मुक्त देश निर्माणका लागि बनेको दाबी गरेका हुन्।

खड्काले संविधानमा बेला–बेला प्रहार भएपछि त्यसको रक्षा सत्ता गठबन्धनले मात्रै गर्न सक्ने बताउँदै स्थिरता र नविन अभियान स्थापित गर्न जिताउनु पर्ने धारणा राखे।

‘छोटो समयमा पनि गठबन्धन सरकारले उदारणीय काम गरेको छ। हामी आमनिर्वाचन अभियानमा प्रवेश गरिसकेका छौँ', उनले भने, 'अधुरो शान्ति प्रक्रियालाई पूर्णता दिन आगामी मंसिर ४ गते हुने निर्वाचनमा जिताउनु हुनेछ।’

खड्काले राष्ट्रिय राजनीतिमा समन्वयकारी भूमिका निर्वाह गर्दै धेरै पदमा रहेर कामको अनुभवसमेत गरिसकेको दाबी गरे। 

सुर्खेत निर्वाचन क्षेत्र नम्बर १ बाट प्रतिनिधि सभा निर्वाचन उम्मेदवार बनेका खड्का चुनावी अभियानका लागि गृह जिल्ला आइपुगेका छन्।

खड्काले सुर्खेती जनताले मतदान गरेर जिताएमा आफू प्रधानमन्त्री बन्ने कुरा यहाँका जनताले पहिला नै बुझिसेको दाबी गरे।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .