कर्णाली


कर्णालीका ५ सिटमा माओवादीले उम्मेदवार छान्यो

कर्णालीका ५ सिटमा माओवादीले उम्मेदवार छान्यो

नेपालखबर
असोज २२, २०७९ शनिबार १६:२२, काठमाडौँ

नेकपा माओवादी केन्द्रले कर्णाली प्रदेशबाट उम्मेदवार बन्नेहरुको लिस्ट तयार पारेको छ।

प्रदेश इन्चार्जसमेत रहेका नेता कालीबहादुर मल्लका अनुसार कर्णालीमा माओवादीको भागमा ५ क्षेत्र परेको छ।

जसमा रुकुम पश्चिममा उपमहासचिव जनार्दन शर्मा, जाजरकोट शक्ति बस्नेत, कालिकोटमा महेन्द्र बहादुर शाही र हुम्लामा छिरिङ डम्दुङ लामाले टिकट पाएका छन्।

त्यसैगरी जुम्लामा माओवादीले गोमा कुँवरलाई उम्मेदवार बनाएको छ। 

सत्ता गठबन्धनमा रहे माओवादीले कर्णालीबाट यसपटक ५ क्षेत्रमा उम्मेदवारी दिनेछ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad