ad ad

कर्णाली


आम निर्वाचन : कर्णालीमा ९ सय बढी मतदानस्थल तोकिए

आम निर्वाचन : कर्णालीमा ९ सय बढी मतदानस्थल तोकिए

नेपालखबर
असोज ४, २०७९ मंगलबार १५:१, सुर्खेत

आगामी मंसिर ४ मा हुने आम निर्वाचनका लागि कर्णाली प्रदेशभर जम्मा ९३३ मतदानस्थल तोकिएका छन्। प्रतिनिधिसभा र प्रदेशसभाको चुनावमा कर्णाली प्रदेशको १० जिल्लाका विभिन्न स्थानमा उक्त मतदान स्थल कायम गरिएका हुन्।

यस्तै, मतदान केन्द्र १ हजार ४०३ कायम गरेको आयोगले जनाएको छ। प्रदेश निर्वाचन आयोगको कार्यालय वीरेन्द्रनगरकाअनुसार सबैभन्दा बढी सुर्खेतमा मतदान केन्द्र कायम रहेका छन् भने सबैभन्दा कम हुम्लामा रहेका छन्। 

सुर्खेतमा २ सय ९३ केन्द्र र १ सय ३९ स्थल तथा हुम्लामा ५९ केन्द्रमा ५८ वटा स्थल, कायम भएको छ। 

यस्तै, डोल्पामा ६६ केन्द्र, ६६ स्थल रहेका छन्। मुगुमा ६६ केन्द्र रहेका छन् भने स्थल ६४ कायम गरिएको छ। जुम्लामा १ सय ६ केन्द्र रहेका छन् भने स्थल ६४ कायम गरिएको छ। जुम्लामा १ सय ६ केन्द्र रहेका छन्।

यस्तै, कालिकोटमा १ सय २३ केन्द्र र १ सय ३ स्थल कायम गरिएको छ। जाजरकोटमा १ सय ४२ केन्द्र रहेकामा ८८ स्थल, दैलेखमा २ सय ७ केन्द्र रहेकामा १ सय ३९ स्थल कायम गरेको निर्वाचन आयोगले जनाएको छ।

साथै सल्यानमा २ सय २ मतदान केन्द्र कायम गरिएको छ भने मतदान स्थल १ सय १७ र रुकुम पश्चिममा १ सय ३९ केन्द्र र ७६ स्थल कायम गरिएको आयोगले जनाएको छ। यस प्रदेशमा २४ वटा प्रदेशसभा निर्वाचन क्षेत्र र १२ वटा प्रतिनिधिसभा क्षेत्र छन्। यहाँ महिला र पुरुष गरी १० लाख ८ हजार ३ सय ४ जना मतदाता छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .