ad ad

कर्णाली


गौरीशङ्कर सामुदायिक वनमा मानव कंकाल भेटियो

गौरीशङ्कर सामुदायिक वनमा मानव कंकाल भेटियो

फाइल फोटाे


नेपालखबर
साउन ६, २०७९ शुक्रबार ७:३४, काठमाडौँ

भेरीगङ्गा नगरपालिका–१० सुर्खेत साततलेस्थित गौरीशङ्कर सामुदायिक वनमा मानव कंकाल भेटिएको छ।

बिहीबार दिउँसो उक्त मानव कंकाल भेटिएको हो।

कर्णाली प्रदेश प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी उपरीक्षक हिराबहादुर पाण्डेले उक्त सामुदायिक वनमा च्याउ खोज्न गएका स्थानीयवासीले मानव शरीरको अस्थिपञ्जर देखेपछि प्रहरीलाई खबर गरेको बताए। 

उनका अनुसार खबर पाएलगत्तै इलाका प्रहरी कार्यालय छिन्चुबाट प्रहरी निरीक्षकको नेतृत्वमा पाँच जनाको टोली त्यहाँ पुगेको थियो।

'तीन–चार महिनाअघिको देखिने मानव कंकाल पुरुषको भएको र छरिएको अवस्थामा भेटिएको थियो', प्रवक्ता पाण्डेले भने, 'जनप्रतिनिधिको रोहवरमा घटनास्थलबाट मुचुल्का गरी कंकाललाई प्रहरीले ल्याएको छ।' 

प्रहरीकाअनुसार सो घटनाबारे अनुसन्धान भइरहेको छ ।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .