अमेरिका र इजरायलले निरन्तर गरिरहेको आक्रमणका बाबजुद इरानवासीले इद उल फित्र मनाएका छन्।
इरानको सरकारी समाचार एजेन्सी फार्सका अनुसार इद मनाउन ठुलो संख्यामा मानिसहरू मस्जिदमा भेला भएका छन्।
रमजान समापनमा उनीहरूले इदलाई स्वागत गरेका छन्।
फार्सले शुक्रबार रातिदेखि शनिबार बिहानसम्म मसहद सहरस्थित दरगाहमा मानिस भेला भएका तस्बिर/भिडिओ पनि सार्वजनिक गरेको छ।
भिडिओ
— خبرگزاری فارس (@FarsNews_Agency) March 20, 2026🎥 حیدرحیدر مردم بهمئی pic.twitter.com/FhnhpiPJkI
दरगाहलाई इरानको सबैभन्दा पवित्र स्थलमध्ये एक मानिन्छ।
यस वर्ष इद उल फित्र पर्व र इरानको नयाँ वर्ष ‘नवरोज’ सँगै परेका छन्। यो इस्लामिक र फारसी क्यालेन्डरबिचको दुर्लभ संयोग हो।
123
Shares

प्रतिक्रिया