ग्लोबल


शंकराचार्य स्वामी अभिमुक्तेश्वरानन्दले बाल यौन शोषण गरेको पुष्टि: मेडिकल रिपोर्ट

शंकराचार्य स्वामी अभिमुक्तेश्वरानन्दले बाल यौन शोषण गरेको पुष्टि: मेडिकल रिपोर्ट

शंकराचार्य स्वामी अभिमुक्तेश्वरानन्द


नेपालखबर
फागुन १४, २०८२ बिहिबार १५:३९, काठमाडौँ

भारतको प्रयागराजस्थित ज्योतिष पीठका शंकराचार्य स्वामी अभिमुक्तेश्वरानन्दले यौन शोषण गरेको भनिएका बटुकको स्वास्थ्य परीक्षणको रिपोर्ट आएको छ।

रिपोर्टले उनले बाल यौन शोषण गरेको पुष्टि गरेको दाबी प्रहरी स्रोतले गरेको छ। 

भारतीय अनलाइन दैनिक भास्करका अनुसार प्रहरीले बुधबार नाबालिग पीडितको मेडिकल जाँच गराएको थियो। प्रयागराजको सरकारी अस्पतालका चिकित्सकले पीडितको स्वास्थ्य परीक्षण गरेका हुन्। 

आज (बिहीबार) सिलबन्दी गरिएको खाममा अनुसन्धान अधिकारीलाई बुझाइएको त्यो रिपोर्ट शुक्रबार अदालतमा पेस गरिनेछ।

प्रहरी स्रोतका अनुसार, ‘बटुकसँग कुकर्म कसले, कहिले र कहाँ गर्‍यो, यो अनुसन्धानको विषय हो। पूर्ण अनुसन्धानले अभिमुक्तेश्वरानन्दविरुद्धको आरोपको वास्तविकता प्रस्ट पार्नेछ।’

स्टेसन इन्चार्ज झुन्सी महेश मिश्रले यो अदालतमा विचाराधीन रहेको मुद्दा भएकाले थप विवरण दिन नसकिने बताए।

यसअघि शंकराचार्यविरुद्ध उजुरी गर्ने आशुतोष महाराजले बुधबार सबै प्रमाण उपलब्ध रहेको बताएका छन्।

उनले भनेका छन्, ‘मेडिकल रिपोर्टले बटुकहरूसँग यौनजन्य कुकर्म भएको पुष्टि गरेको छ र चाँडै न्याय पाइनेछ।’

यसैबिच पीडित बटुकमध्ये एकजना पहिलोपटक मिडियामा आएका छन्। 

आजतकसँगको अन्तर्वार्तामा उनले भनेका छन्, ‘म अध्ययन गर्न गएको थिएँ तर मेरो शोषण गरियो, मसँगै अरू बच्चा पनि थिए, उनीहरूको पनि यौन शोषण गरियो।

कसले उनीहरूको शोषण गर्‍यो?

पीडितले भनेका छन्, ‘अभिमुक्तेश्वरानन् र उनका चेला मुकुन्दानन्द।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad