प्रतिनिधिसभा विर्नाचनको मिति नजिकिँदै जाँदा राजनीतिक दलका उमेद्वारहरुले आफ्नो छुट्टै घोषणापत्र सार्वजनिक गर्ने क्रम बढेको छ । उनीहरुले पार्टी केन्द्रले जारी गरेको घोषणापत्रभन्दा छुट्टै आफ्नो स्थानीय कार्ययोजना बनाएर घोषणापत्र जारी गर्ने गरेका छन् ।
यसैसन्दर्भमा नेपाली कम्युनिष्ट पार्टी पर्वतका उम्मेदवार मनहरि तिमिल्सिनाले पनि बुधबार घोषणापत्र सार्वजनिक गर्दै पर्वतमा ‘एग्रो टुरिजम सर्किट’ निर्माण गर्ने अवधारणा अघि सारेका छन् ।
त्यस्तै आधुनिक कृषि र पर्यटन, गुणस्तरीय शिक्षा व्यवस्था, सर्वसुलभ स्वास्थ्य सेवा, सडक र यातायात विकासका प्रतिबद्धता पनि गरेका छन् । त्यस्तै, स्वच्छ ऊर्जा उत्पादन, सिँचाइ तथा भूसंरक्षण, प्राकृतिक प्रकोप व्यवस्थापन, डिजिटल पर्वत निर्माण र समान समावेशीकरणमा उनले जोड दिएका छन् । रोजगारी सिर्जना र उद्यमशीलता, खनिज सम्पदाको व्यवस्थित उपयोग र सांस्कृतिक विरासतहरुको संरक्षणलाई पनि उनले आफ्नो प्राथमिकताको सूचीमा राखेका छन् ।
तिमिल्सिनाले जिल्लाभरी फाइबर अप्टिक इन्टरनेट विस्तार गरी डिजिटल पर्वत फ्रेमवर्क लागु गर्ने भनेका छन् । युवाहरुलाई डिजिटल रोजगारी सिर्जना गर्न आईटी पार्क स्थापना गर्ने र प्रत्येक पालिका केन्द्रमा ई लाइब्रेरी फ्री वाइफाई निर्माण गर्ने उनको भनाई छ ।
Shares

प्रतिक्रिया