ग्लोबल


पाकिस्तान: एकछिन अस्पताल बाहिर बस्न लगाएको रिसमा महिला डाक्टरको हत्या

पाकिस्तान: एकछिन अस्पताल बाहिर बस्न लगाएको रिसमा महिला डाक्टरको हत्या

नेपालखबर
फागुन १२, २०८२ मंगलबार ७:२७, काठमाडौँ

पाकिस्तानको खैबर पख्तुनख्वामा अस्पताल आएका दुई पुरुषले महिला डाक्टरको हत्या गरेका छन्।

प्रारम्भिक अनुसन्धानले  बिरामीहरूसँग आएका ती पुरुषलाई एकछिन बाहिर बस्न भनेको रिसमा महिला डाक्टरको हत्या गरिएको देखाएको छ।

जिल्ला मुख्यालय अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. ताहिरले बीबीसी उर्दुलाई बताएअनुसार आइतबार इफ्तारको समय थियो र महिला डाक्टर रोजा तोडेर प्रार्थना गरिरहेकी थिइन्। त्यहीबेला आपतकालीन कक्षमा दुई महिला र दुई पुरुष आइपुगे।

डाक्टरले पुरुषहरूलाई बाहिर बस्न भनिन्, तर उनीहरूले अस्वीकार गरे। त्यसपछि विवाद भयो। त्यहाँ उपस्थित प्रहरी अधिकारीहरूले दुई पुरुषलाई बाहिर बस्न लगाए। काम सकिएपछि डाक्टरले उनीहरूलाई भित्र बोलाइन्।उनीहरू गए।

डा ताहिरले भने, 'तर राति ८ बजे जब महिला डाक्टर आफ्नो ड्युटी सकेर अस्पतालबाट निस्किइन्, तब ती दुई पुरुषसहित ३ पुरुष अस्पताल बाहिर थिए।'

सीसीटीभी फुटेजमा डाक्टर रिक्सामा चढेर गएको र उनलाई ती पुरुषहरूले पछ्याएको देखिन्छ। अस्पतालको सीसीटीभी फुटेजले त्यसपछिको दृश्य भने कैद गरेन।

महिला डाक्टरलाई अस्पतालबाट २०० देखि ३०० मिटर टाढा गोली हानेर मारिएको थियो।

कोहट जिल्ला प्रहरी अधिकारी शाहबाज इलाहीले एफआईआर दर्ता गरी  अनुसन्धान सुरु गरिएको बताएका छन्।

उनले भने, 'अभियुक्तहरूको पहिचान भइसकेको छ र उनीहरूलाई पक्रन छापा मारिएको छ।'

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad