समाज


सवारी दुर्घटनाका घाइतेलाई हेलिकप्टरमार्फत काठमाडौँ ल्याइयो

सवारी दुर्घटनाका घाइतेलाई हेलिकप्टरमार्फत काठमाडौँ ल्याइयो

नेपालखबर
फागुन १२, २०८२ मंगलबार ७:४३, काठमाडौँ

सिन्धुलीमा बोलेरोको ठक्करबाट घाइते भएका एक महिलालाई हेलिकप्टरमार्फत काठमाडौँ ल्याइएको छ। 

मरिण गाउँपालिका ७ क्यम्पसचोकस्थित मदनभण्डारी राजमार्गमा सोमबार दिउँसो लु.प्र.०१-०० च ३८८१ नम्बरको बोलेरो गाडीले ठक्कर दिँदा पैदलयात्री मरिण गा.पा-१ कपिलाकोटडाँडा बस्ने ६१ वर्षीया चण्डी माया वाईबा गम्भीर घाइते भएकी थिइन्। 

उनलाई स्थानीय प्राथामिक स्वास्थ्य केन्द्र कपिलाकोटमा सामान्य उपचार पश्चात थप उपचार हेलिकोप्टरमार्फत् काठमाडौँ पठाइएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ। 

उनको अहिले काठमाडौँस्थि ह्याम्स अस्पतालमा उपचार भइरहेको छ। 

दुर्घटनापछि प्रहरीले गाडी चालक कञ्चनपुरको बेतकोड नगरपालिका- १० बस्ने ३६ को अमर दत्त पन्तलाई पक्राउ गरेको छ। 

गाडी हेटौँडाबाट सिन्धुलीतर्फ जाँदै गर्दा दुर्घटना भएको प्रहरीले जनाएको छ। 
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad