ग्लोबल


उत्तर प्रदेशको कासगन्जमा घरभित्र एकै परिवारका पाँच जना मृत भेटिए

उत्तर प्रदेशको कासगन्जमा घरभित्र एकै परिवारका पाँच जना मृत भेटिए

घटनास्थलमा प्रहरी


नेपालखबर
फागुन १०, २०८२ आइतबार १५:२८, काठमाडौँ

उत्तर प्रदेशको कासगन्जमा घरभित्र एकै परिवारका पाँच जना मृत फेला परेका छन्। 

भारतीय सञ्चारमाध्यमका अनुसार घटना अमापुर प्रहरी थाना क्षेत्रमा भएको हो। स्थानीय सत्यवीरसहित उनको परिवारका ५ जना घरभित्रै मृत भेटिएका हुन्। 

कासगन्जका प्रहरी अधीक्षक अंकिता शर्माका अनुसार, शनिबार साँझ ६:३० बजे एउटा परिवार दुईदेखि तीन दिनदेखि घरबाट बाहिर ननिस्केको खबर प्रहरीले पायो। यसपछि घटनास्थल पुगेर हेर्दा घरभित्र ५ जना मृतावस्थामा पाइएका हुन्।

एसपी अंकिता शर्मा

एसपी अंकिता शर्माले भनिन्, ‘कोठाको ताला खोल्दा सत्यवीर, उनका श्रीमती, दुई छोरी र एक छोराको शव फेला पर्‍यो।’

प्रथम दृष्टिमा सत्यवीरले आफ्नो परिवारको हत्यापछि आत्महत्या गरेको देखिएको उनले बताइन्। 

उनले भनिन्, यद्यपि घटनाबारे सबै कोणबाट गहन अनुसन्धान भइरहेको छ। 

पोस्टमार्टम रिपोर्ट आएपछि मात्र मृत्युको वास्तविक कारण थाहा हुने एसपी शर्माको भनाइ छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad