टर्कीका अधिकारीहरूले क्रिसमस तथा नयाँ वर्षको पूर्वसन्ध्यामा हुने समारोहमा आक्रमण गर्ने षड्यन्त्रलाई विफल पारिएको बताएका छन्।
यस क्रममा इस्लामिक स्टेट (आईएस) समूहसँग सम्बन्धित १०० भन्दा बढी सन्दिग्धलाई पक्राउ गरिएको छ।
इस्तानबुलका प्रमुख सरकारी वकिलले सहरभरि १२४ स्थानमा छापा मारिएको र संगठनसँग सम्बन्धित हतियार, गोलाबारुद र कागजात जफत गरिएको बताएका छन्।
अधिकारीहरूका अनुसार, आईएस समर्थकहरूले यस हप्ता टर्कीमा सक्रिय रूपमा आक्रमणको योजना बनाइरहेका थिए, विशेष गरी गैरमुस्लिम व्यक्ति र कार्यक्रमलाई लक्ष्य गर्दै।
बीबीसीका अनुसार एक आधिकारिक विज्ञप्तिमा भनिएको छ, 'प्रहरीले ११५ सन्दिग्धहरूलाई हिरासतमा लिएको छ भने २२ जनाको खोजी भइरहेको छ।'
114
Shares

प्रतिक्रिया