भारतको केन्द्रीय अनुसन्धान ब्युरो (सीबीआई) ले पन्जाब प्रहरीका नायब महानिरीक्षक (डीआईजी) हरचरण सिंह भुल्लर र अर्का एक व्यक्तिलाई ८ लाख रुपैयाँ घुस लिएको आरोपमा पक्राउ गरेको छ।
सीबीआईका अनुसार, ‘रूपनगर (रोपर) रेन्जका डीआईजीले उजुरीकर्तासँग एफआईआर मिलाउन र उनको व्यवसायविरुद्ध प्रहरी कारबाही रोक्न घुस मागेका थिए।’
चण्डीगढको सेक्टर २१ मा बिचौलियालाई ८ लाख रुपैयाँ घुस लिँदै गर्दा पक्राउ गरिएको सीबीआईले जनाएको छ।
यसैबीच डीआईजीको निवासमा छापा मार्दा ५ करोड रुपैयाँ नगद, १.५ किलो सुन, दुई लक्जरी कार (एउटा मर्सिडिज र अडी), २२ वटँ महँगा घडी, विदेशी मदिरा र हतियार बरामद गरिएको छ।
बीचौलियाको घरबाट पनि २१ लाख रुपैयाँ नगद बरामद गरिएको छ।
दुवै जनालाई शुक्रबार अदालतमा पेस गरिने सीबीआईलाई उद्धृत गर्दै बीबीसी हिन्दीले जनाएको छ।
Shares

प्रतिक्रिया