ग्लोबल


गाजाका बन्धक मुक्त गर्न इजरायल प्रस्थान गरे ट्रम्प, रिहा होलान् विपिन?

गाजाका बन्धक मुक्त गर्न इजरायल प्रस्थान गरे ट्रम्प, रिहा होलान् विपिन?

नेपालखबर
असोज २७, २०८२ सोमबार ८:१५, काठमाडौँ

अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्प गाजाबाट बन्धकहरूलाई मुक्त गर्न इजरायल प्रस्थान गरेका छन्। उनले गाजामा ‘युद्ध समाप्त भएको’ बताएका छन्।

बीबीसीका अनुसार इजरायल प्रस्थानका बेला एयर फोर्स वनमा सवार पत्रकारहरूसँग उनले युद्धविराम जारी रहने र गाजाका लागि शान्ति बोर्ड चाँडै स्थापना हुने बताए।

एयर फोर्स वन अमेरिकी राष्ट्रपतिको आधिकारिक विमान हो, जुन विमानमा उनी यात्रा गर्छन्।

हमासले इजरायली बन्धकहरूलाई रिहा गर्न स्थानीय समयअनुसार सोमबार दिउँसो १२ बजे (नेपाली समय दिउँसो २:४५ बजे) सम्मको समय सीमा छ।

इजरायल आइपुगेपछि राष्ट्रपति ट्रम्पले इजिप्टको यात्रा गर्नेछन्, जहाँ उनले विभिन्न देशका नेताहरूसँग गाजाको अवस्थाबारे छलफल गर्नेछन्।

यस बैठकबारे ट्रम्पले भने, ‘हामी सबैलाई खुसी राख्नेछौँ... चाहे तिनीहरू यहुदी, मुस्लिम, वा अरब देश हुन्... इजरायलपछि हामी इजिप्ट जाँदै छौँ। त्यहाँ  हामी धेरै शक्तिशाली, ठूला र धनी देशहरूका नेताहरूसँग भेट्नेछौँ।’

बेलायतका प्रधानमन्त्री कियर स्टारमर पनि इजिप्ट पुगेका छन्। उनी पनि बैठकमा सहभागी हुनेछन्।

गाजाका बन्धक रिहा गर्ने विषय नेपालका लागि पनि उत्तिकै महत्त्वपूर्ण छ। किनभने नेपाली नागरिक विपिन जोशी पनि २ वर्षदेखि हमासको बन्धनमा छन्। 

उनको वर्तमान अवस्थाबारे भने दुईथरी कुरा आइरहेका छन्। कतिपय अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले उनको अवस्था अज्ञात भनेका छन् भने कतिले उनलाई जीवित बन्धकको सूचीमा राखेका छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad