ग्लोबल


भिसाधारी साढे ५ करोडभन्दा बढी विदेशीको अनुगमन गर्दै अमेरिका, त्रुटि भेटिए देशनिकाला गर्ने तयारी

भिसाधारी साढे ५ करोडभन्दा बढी विदेशीको अनुगमन गर्दै अमेरिका, त्रुटि भेटिए देशनिकाला गर्ने तयारी

अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्प


नेपालखबर
भदौ ६, २०८२ शुक्रबार ८:१७, काठमाडौँ

अमेरिकाले वैध भिसा लिएर अमेरिकामा रहेका साढे पाँच करोडभन्दा बढी विदेशी नागरिकको विवरण अनुगमन गर्ने बताएको छ।

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनले बिहीबार उक्त घोषणा गरेको हो। 

अनुगमनका क्रममा कसैले अध्यागमन नियम उल्ल‌ंघन गरेको पाइए तत्काल भिसा रद्द गरी देश निकाला गर्नेसम्मको तयारी भइरहेको छ।

अमेरिकी विदेश मन्त्रालयका अनुसार तोकिएको समयभन्दा बढी बस्ने, कानुन उल्लंघन गर्ने, सार्वजनिक सुरक्षामा खतरा पुर्‍याउने वा आतंकवादी गतिविधिमा संलग्न हुनेहरूलाई तत्काल कारबाही गरिनेछ। 

अमेरिकाले अहिलेसम्म सबैभन्दा बढी विद्यार्थी भिसा खारेज गरिएको जनाएको छ ।

गत वर्षको तुलनामा यस वर्ष विद्यार्थी भिसा खारेज हुने संख्या चार गुणा बढी छ।

अमेरिकका विदेशमन्त्री मार्को रुबियोले विदेशीको बढ्दो संख्याले अमेरिकी रोजगारीमा असर पारेको बताएका छन्। 

अमेरिकाको विदेश मन्त्रालयका अनुसार ट्रम्प दोस्रोपटक राष्ट्रपति बनेयता ६ हजारभन्दा बढी विद्यार्थी भिसा खारेज गरिएको छ।

तीमध्ये झन्डै चार हजार कानुन उल्लंघनका कारण र झन्डै तीन सय आतंकवादी गतिविधिमा संलग्न भएका कारण खारेज गरिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले उल्लेख गरेका छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad